रत्ननगर (चितवन), १ माघ । गाँजाखेतीविरुद्ध विशेष अभियान चलाएको चितवन प्रहरीले एक महिनामै साँढे १६ बिगाहामा लगाएको गाँजाखेती नष्ट गरेको छ ।
पुस महिनामा प्रहरीले पटकपटक गरेर यहाँको विकट क्षेत्र लोथरमा व्यावसायिक रुपमा लगाइएको गाँजाखेती नष्ट गरेको प्रहरी निरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
गाँजाखेतीविरुद्ध अभियानअन्तर्गत बुधबार लोथरको गुण्डी गएको टोली दिनभर गाँजा फाँडेर गएराति फर्किएको खरेलले उल्लेख गर्नु भयो ।
इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोली चितवनको पहाडी क्षेत्र लोथरमा गाँजाखेती गरेको छ भन्ने सूचनाका आधारमा गाँजा फाँड्न गएको थियो ।
यसअघि पुस २ गते सोही गाविसको वडा नं १ को तान्द्राङ र वडा नं ३ को हुम्पुङमा साँढे आठ बिगाहामा लगाएको गाँजाखेती नष्ट गरेको प्रहरीले पुनः पुस ११ गते पनि छ बिगाहा क्षेत्रमा लगाएको गाँजा नष्ट गरेको हो ।
सो क्षेत्र र मकवानपुरको सीमा क्षेत्रमा गाँजाखेती गरेको सुराकीका आधारमा खोजी गर्दै जाँदा फेला पारेर नष्ट गरिएको खरेलले बताउनुभयो ।















प्रतिक्रिया