२१ कार्तिक २०८३, शनिबार

दूतावासको कर्मचारी हुँ भन्दै दर्जनौंलाई ठग्ने गर्ने पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ साउन । विभिन्न चर्चित व्यक्ति र दूतावासको कर्मचारी हुँ भन्दै दर्जनौंलाई ठगी गर्नेलाई प्रहरीले बुधबार पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ ।

नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का हरिप्रसाद सिटौलाले कसैलाई आफू जापानी, अष्ट्रेलियाली, अमेरिकी र पाकिस्तानी, दुतावासको कर्मचारी बताउने, कसैलाई चिकित्सक हुँ भन्ने र कतिपयलाई आफू अर्थशास्त्री डा. पिताम्बर शर्मासमेत भनेर ठगी गर्ने गरेका थिए ।

अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीका अनुसार दुतावास तथा अस्पतालमा जागिर लगाइदिने भन्दै उनले पैसा लिइ धेरैलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ । उनले ठगेको रकमबारे अनुसन्धान भइरहेको छ ।

पैसा लिने र झुलाउने गरेपछि पीडितहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । –रासस