
बुटवल, साउन १७ । नेपाल पर्यटन पत्रकार संघ रुपन्देही (एन्टोज)को अध्यक्षमा नरेश केसी चयन भएका छन् ।
बुटवलमा सम्पन्न विशेष भेलाले केसीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्षमा चयन भएका के.सी यस अघि उक्त संघका उपाध्यक्ष थिए । विगत ९ वर्षदेखी रुपन्देहीमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार के.सी पर्यटन पत्रकारितामा विशेष कलम चलाउने गर्दछन् ।
उपाध्यक्षमा सैनामैना साप्ताहिकका सम्पादक टिका खरेल उपाध्यक्षमा चयन भएका छन् ।सहसचिव पदमा गौतमबुद्ध सन्देश दैनिक भैरहवाका सह–सम्पादक रबिन्द्र गुप्ता चयन भएका संघका सचिव तेजेन्द्र के.सीले जनाए ।
संघको अध्यक्ष भुवन कार्की प्रदेश नं ५ को अध्यक्षमा, सहसचिव कपिल ज्ञवाली प्रदेश महासचिवमा र सदस्य दिनेश श्रेष्ठ प्रदेश सदस्यमा गतहप्ता निर्वाचित भएपछि संघको रिक्त पदपुर्ति गर्नेगरी संघले विशेष भेलाको आयोजना गरेको थियो ।
संघको महिला उपाध्यक्षमा मिना ढकाल, सचिवमा तेजेन्द्र के.सी, कोषाध्यक्षमा मनिष पन्थ र सदस्यहरुमा स्वस्तीक श्रेष्ठ, कमल रायमाझी, माधब न्यौपाने, दिपक न्यौपाने, मिना पौडेल, कपिल अधिकारी, झबिन्द्र देवकोटा, डि आर संघार, विमल तिवारी, विमल पुरी, एन बि कडेंल, प्रदीप आचर्य, प्रकाश पाण्डे छन् ।
संघका अध्यक्ष भुवन कार्कीको अध्यक्षता तथा सचिव तेजेन्द्र केसीको सन्चालनमा भेला सम्पन्न भएको थियो ।












प्रतिक्रिया