काठमाडौं, १ माघ । संविधानसभाको आजका लागि बोइलाइएको बैठक स्थगित भएको छ ।
संविधानसभाको मङ्गलबार बसेको बैठकले अर्को बैठक आज १ बजे बस्ने गरी तय गरेको थियो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको राजनीतिक दलका सचेतकको बैठकले भोलिका लागि तय गरेको बैठक माघ २ गते शुक्रबार बिहान १० बजे बस्ने गरी निर्धारण गरेको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
विभिन्न राजनीतिक दल, सभासद् र समुदायले आज माघेसङ्क्रान्ति परेकाले संविधानसभाको बैठक सार्न सभाध्यक्षलाई आग्रह गरेका थिए । सो आग्रहका कारण बैठक शुक्रबारका लागि सारिएको हो ।















प्रतिक्रिया