
काठमाडौं, १७ साउन । एनआईसी एशिया बैंक लिमिटेडले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौता अनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरुले देशभरका बैंकको २ सय ३३ वटै शाखाहरुबाट सहज रुपमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे ।
बैंकका हालसम्म देशभर २ सय ३३ शाखा कार्यालयहरु, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथा १५ वटा शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।















प्रतिक्रिया