
काठमाडौं, १७ साउन । चाबहिल स्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ । मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो ।
केएल मोबाइल हबले साउन १९ गते शनिबारदेखि २ साता चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गर्दैछ ।
मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ ।
ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबकाबिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ ।
विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध रहेको आयोजकले जनाएको छ ।















प्रतिक्रिया