
मकवानपुर, १७ साउन । अवैध लागूऔषध गाँजा सहित चार जना पक्राउ परेका छन् ।
मकवानपुरको मनहरीमा बिहिबार चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको बिआर आइ पि २३४५ नम्बरको बलेरो जिपमा लुकाईछिपाई लैजान लागेको अवस्थामा ८८ केजी ७ सय २० ग्राम अवैध लागूऔषध गाँजा फेला परेको हो
बलेरो चालक सिरहा औरही गाउँपालिका–२ तुलसीपुर बस्ने ४४ वर्षीय छेदी दास सहित ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुर हेटौडा उपमहानगरपालिका–११ सरस्वती चोकमा ना.३ च ३७६२ नम्बरको पिकअप गाडी जाचँ गर्दा चालक सिन्धुलीका ३६ वर्षीय दिनेश मगर सहित २ जनालाई १ सय १५ किलो लागूऔषध गाँजा सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया