२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापतिले उद्घाटन गरे ‘हल अफ फेम’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहिबार लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गरेका छन् ।

नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेका सफलताहरुलाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ उक्त हल अफ फेमको निर्माण गरिएको हो । उक्त हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकुद प्रतियोगिताहरुको साथै ओलम्पिक, एसियन, दक्षिण एसियाली खेलकुद प्रतियोगिताहरुमा सैनिक खेलाडीहरुले हासिल गरेका उपाधिहरुको अभिलेख, तस्विरहरु तथा सहभागिता सम्बन्धी जानकारीहरु समावेश गरिएको छ ।

हल अफ फेमको निर्माणले खेलाडीहरुको विकास गर्ने अपेक्षा गरिएको छ ।