
काठमाडौं, १७ साउन । त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पस बल्खुको ४२ औं बार्षिक दिवस समारोह विभिन्न रचनात्मक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
मुलुककै पहिलो जनप्रशासन क्याम्पसको रुपमा रही देश निर्माण गर्ने उच्च जनशक्ति निर्माण गर्दै आइरहेको क्याम्पसको वार्षिक दिवस समारोहको उद्घाटन प्रतिनिधि सभाका सदस्य एवं पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सीले गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि के.सी ले उच्चशिक्षमा राज्यको स्पष्ट लगानी गर्ने बातावरण निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रमा त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले प्राध्यापकहरुलाई अब विद्यावारिधि अनिवार्य सरह भै सकेको भन्दै प्राज्ञिक उन्नयन एवं अनुसन्धान कार्यमा लाग्न जनप्रशासन क्याम्पसलाई आग्रह गरे । उनले सरकारले उच्चशिक्षाको महत्व र आवश्यकतालाई उपेक्षा गर्न खोजिरहेको अनुभुति भएको भन्दै राज्यले पर्याप्त लगानी गरे आवश्यक उच्च दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लागिपर्ने बताए ।
त्रिवि जनप्रशासन केन्द्रीय विभागका प्रमुख प्रा.डा टेकनाथ ढकालले जनप्रशासन क्षेत्रमा वढिरहेको आकर्षण र त्यसको सम्वोधनका लागि भइरहेका प्रयत्नहरुका वारेमा जानकारी गराए ।
वार्षिक दिवसको अवसरमा क्याम्पसवाट विद्यावारिधि गर्ने शिक्षकहरु, अवसका प्राप्त शिक्षक÷कर्मचारीका साथै उत्कृष्ट काम गर्ने शिक्षक÷कर्मचारीलाई सम्मान गरिएको थियो । वि.पि.ए र एम.पि.ए लगायका विभिन्न सेमेष्टरमा उत्कृष्ट नजिता ल्याउन सफल छात्र÷छात्राहरुलाई समेत वार्षिक दिवसको अवसरमा सम्मान गरिएको थियो ।












प्रतिक्रिया