
काठमाडौँ, १७ साउन । बिहीबार अमेरिका लगायत सबै राष्ट्रको विनिमयदर सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनियम दर अनुसार अमेरिकी १ डलरको खरिददर १ सय ९ रुपैयाँ २० पैसा छ भने बिक्रिदर १ सय ९ रुपैयाँ ८० पैसा कामय भएको छ ।
युरोपियन युरो १ को खरिददर १ सय २७ रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर १ सय २८ रुपैयाँ २९ पैसा छ । यस्तै पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४३ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर १ सय ४४ रुपैयाँ २२ पैसा कायम छ । यस्तै अष्ट्रेलियन डलरको खरिददर ८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ८१ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ । साउदी अरबियन रियाल १ को खरिददर २९ रुपैयाँ १२ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ २८ पैसा कायम भएको छ ।
यसैगरी, कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ १६ पैसा रहेको छ। संयुक्त अरब इमिरेट्स (युएई दिह्राम ) १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रिदर २९ रुपैयाँ ८९ पैसा कायम भएको छ । मलेसियन रिङ्गेट १ को खरिददर २६ रुपैयाँ ८६ पैसा छ भने बिक्रीदर २७ रुपैयाँ कायम भएको छ ।
दक्षिण कोरियाको कोरियन वान १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ८२ पैसा छ । यसैगरी छिमेकी भारतसँग छिमेकी राष्ट्र भारतसँग भने स्थिर विनिमयदर रहेको छ । राष्ट्र बैंकले विनिमयदर तोकेपनि निजी बैंकले भने केही रकम महंगोमा बिक्री गर्ने छन् ।















प्रतिक्रिया