
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अस्ट्रेलियाका अध्यक्ष रामकृष्ण निरौलाको स्वरमा ‘काजीको घोडा’ गीत युट्युवमा रिलिज भएको छ ।
झापको दमक स्थायी घर भएका निरौलाको पहिलो पटक गाएको गीतमा पुरानो नेपालको अवस्थालाई झल्काउने कोशिश गरिएको छ । म्युजिक भिडियो पनि सोहीअनुसार छायांकन गरिएको छ ।
भुवन सिवाकोटी चौघरेको शव्द, रामचन्द्र थापाको संगित, मोहित मुनालको संगित संयोजन रहेको गीतको अडियो मिस्चर भने किशन श्रेष्ठले गरेका हुन् ।
म्युजिक भिडियोमा भने भिमफेदी गाइज र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका छन् । अनिलकुुमार मानन्धरको छायांकन गरेको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुली, निर्माण निर्मल न्यौपानेले गरेका हुन् भने निर्देशन विकास सुवेदीले गरेका छन् ।
पहिलो पटक गायको गीतले नेपालको इतिहासलाई पनि झल्काउने भएकाले निरौला दंग छन् । ‘यो नेपाली संगीतमा झ्याउरे भाकामा त्यसबेलाको चित्र देखाउनसक्ने भएकाले गाएको हुँ’, उनले भने,‘गीत र म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।’















प्रतिक्रिया