२९ आश्विन २०८३, बिहिबार

‘रात परेपछि’ले डराउन दिन्छ रे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4काठमाडौं । विजयराज भुर्तेलको निर्देशन रहेको चलचित्र ‘रात परेपछि’ अहिले डबिङको अन्तिम चरणमा रहेको छ ।

सम्पादन सकेलगतै च्यारिटीमा उत्रने ‘रात परेपछि’ चलचित्र केही महिनापछि मात्र सार्वजनिक प्रदर्शनमा आउने छ ।

चलचित्रमा दिल कुमार, अमन पोख्रेल, सपना खड्का, निशा नेपाल, अनमी श्रेष्ठ, टाशी शेर्पा, शिशिर श्रेष्ठ आदिको अभिनय रहेको छ ।

दिलले यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

दिल दर्जनहाराहारीको म्युजिक भिडियो अभिनयपछि चलचित्रमा छिरेका हुन् ।

विष्णु मायाको निर्माण रहेको ‘रात परेपछि’ हरर चलचित्र रहेको बताइएको छ ।

नेपालमा बनेका हरर मूभीहरूले व्यवसाय नगरे पनि यसले भने दर्शकको माया पाउने अपेक्षा निर्माण पक्षको छ ।