२९ आश्विन २०८३, बिहिबार

सेक्स अपीलसहित मल्लिकाको डर्टी पोलटिक्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mallika-Sherawat-8मुम्बई । बलिउडकी बोल्ड गर्ल मल्लिका शेहरावत पछिल्लो समय चलचित्र ‘डर्टी पोलटिक्स’ अभिनयमा ब्यस्त छिन् ।

सामाजिक विषय उठाएको यो चलचित्र केसी बोकाडियाले निर्माण गरेका हुन् ।

यसको तुलना अहिले प्रियंकाको आउँदो चलचित्र ‘म्याडमजी’सँग गरिन थालिएको छ ।

‘डर्टी पोलटिक्स’ आफ्नो ‘म्याडमजी’सँग कुनै पनि एङ्गलबाट समान नभएको प्रियंकाले बताएकी छन् ।

तर मल्लिकाले प्रियंकाको भनाइको खण्डन गर्दै यी दुबै चलचित्र एउटा सिक्काको दुई पाटो भएको बताइन् ।

‘डर्टी पोलटिक्स’ले सत्ताको लोभमा अनैतिक बाटो रोज्ने एक महिलाको कहानी उठाएको छ ।

यो आम राजनीतिज्ञ नारीको कथा भएको मल्लिकाको भनाइ छ ।

‘डर्टी पोलटिक्स’ र ‘म्याडमजी’एकै विषयमा निर्माण भएको चलचित्र हो’ मल्लिकाले भनिन्, ‘यी दुबैको कथामात्र हैन धेरै कुरा मिल्दो जुल्दो छ ।’

चलचित्रको फरक पक्ष भनेको अभिनय गर्ने कलाकार मात्र भएको उनले खुलाइन् । भनिन्, ‘कुन चलचित्रले दर्शकलाई बढी प्रभाव पार्न सक्छ त्यो भने हेर्न बाँकी छ ।’

‘डर्टी पोलटिक्स’मा मल्लिका शेरावतको हट अभिनयका अलवा सेक्स अपीलसमेत रहेको छ ।

मल्लिकाले अभिनयमा धेरै नयाँपन पनि दिने कोशिस गरेकी छन् । यो चलचित्रको व्यावसायिक लडाइ पनि ‘म्याडमजी’सँग हुने बताइएको छ । – एजेन्सी