२१ कार्तिक २०८३, शनिबार

बसले किच्दा एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १६ साउन । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोटमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्ला रम्भा गाउँपालिका–५, ताहुँका दुर्गाबहादुर गन्र्धव रहेका छन् ।

आज दिउँसो रामपुरबाट तानसेन लु१ख ७१५० नम्बरको बसबाट खस्दा किचेर घाइते बनेका गन्धर्वको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभाषमा मृत्यु भएको हो ।

बसका चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच माथागढी गाउँपालिका–५, गोयलु बस्ने वर्ष २२ का शोभाखर आलेको मृत्यु भएको छ । मंगलबारदेखि हराएका गोयलु भीरबाट लडेर मृत्यु भएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । –रासस