२१ कार्तिक २०८३, शनिबार

कृषि क्षेत्रमा नयाँ प्रविधि भित्रियो, मोबाईलबाट सम्पूर्ण जानकारी पाइने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १६ साउन । यहाँका किसानहरुका लागि कृषि क्षेत्रमा नयाँ प्रविधि जीइओ (न्भय) कृषि भित्रिएको छ । बाली वस्तुको उत्पादकत्व बढाउन डिजिटल कृषि प्रणाली मार्फत किसानहरुले विभिन्न जानकारी लिन सक्ने छन् । कृषिको उत्पादकत्व एवं कृषकको आय आर्जन बढाउन एकीकृत भू–सूचना प्रणालीमा आधारित कृषि सूचना प्रविधि र परामर्श सेवा सम्बन्धी जिल्लामा अन्तरक्रियाको आयोजना गरि यो विषयको बारेमा जानकारी गराइएको छ ।

अन्तरक्रियामा जानकारी दिंदै कन्सलटेन्ट संजीव कुमार श्रेष्ठले भू–सूचना प्रणलीमा आधारित सेवा प्रदायकको लागि वेभसाईट तथा प्राविधिक र कृषकहरुका लागि मोबाईल एप्स लगायत बाट सेवा लिन सकिने बताए ।

उनका अनुसार भू–संरचना प्रणलीमा आधारित ज्ञान र दृष्टिकोण अन्तरगत योजनाको चरण,रोपण÷खेतीको चरण,बजार विकासका बारेमा जानकारी लिन सकिने छ । जीइओ कृषि आधारित उपकरणबाट बाली छनौट, बिउ रोप्ने समय, बिउ रोप्ने तरीका, सिफरिस यन्त्र, मलखाद सिफारिस, रोग निवारण मौसम सम्बन्धी जानकारी लिन सकिने छ । यस्तै बजारको माग, आपुर्ति श्रृंखला र बजार सम्बन्धमा जानकारी लिन सकिने प्याथ्वे टेक्नोलोजी एण्ड सर्विसेजका राजन श्रेष्ठले जानकारी दिए ।

तरकार, मसलाबाली र फलफूल उत्पादनमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यहाँका कृषकहरुले कृषि क्षेत्रमा व्यवसायिक रुपमा नै लागेको बताउदै पार्ड नेपाल सल्यानका अध्यक्ष कल्पना सेजवाले हाललाई सल्यानको एक नगरपालिका र दुई गाउँपालिकामा यो कार्यक्रम लागू भएको बताइन् । जिल्लाको नगरपालिका र गाउँपालिका भित्रका करिब आठ सय घरधुरीले यस प्रविधिको लाभ लिने उनको भनाई छ ।

साथै यस परियोजनाले यस जिल्लामा व्यवसायिक रुपले उत्पादन गर्न सकिने २० जातका बालीको अनुसन्धान गर्ने र त्यसलाई एप्समा एड गरेर आगामी दिनमा कृषकलाई व्यवसायिक रुपले अगाडी बढ्न मद्दत पुग्ने आयोजक संस्थाले जनाएको छ । यसलाई दिगो रुपमा बचाई राख्नका लागि कार्यक्रम लागू भएका नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरेर छिट्टैनै सूचना केन्द्रको समेत स्थापना गरिने छ ।