४ कार्तिक २०८३, बुधबार

ब्राइडल मेकअप कम्पिटिसन–२०१८ मा लक्ष्मी सर्वोत्कृष्ट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ (बेहुली शृंगार प्रतियोगिता) को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् ।

मंगलबार सम्पन्न प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई जित्दै लक्ष्मीले उत्कृष्ट भएपबात ११ हजार १११ रुपैयाँसहित क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छन् ।

यस्तै महाराजगञ्ज काठमाडौंकी मेकअप आर्टिस्ट शोभा श्रेष्ठ प्रतियोगितामा फस्ट रनरअप हुँदै ६ हजार ६६६ रुपैयाँ र कालिमाटी काठमाडौंकी शोभा बस्नेत सेकेन्ड रनरअप हुँदै ४ हजार ४४४ रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।

ब्युटी न्युज नेपालको प्रस्तुति रहेको प्रतियोगिताको निर्णायकमा बरिष्ठ ब्युटिसियनद्वय डा. राजश्री श्रेष्ठ, अग्रज व्युटिसियन रश्मिला श्रेष्ठ, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेल, नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती र अग्रज मेकअप आर्टिस्ट श्याम बराल थिए ।

मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको हो ।