
काठमाडौं, १६ साउन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ ।
आज पनि सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँमा नै कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार पनि सुन सोही मूल्यमा काराबोर भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । चाँदी आज प्रतितोला सात सय ३५ रुपैयाँ नै कारोबार भइरहेको छ ।
चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया