१ कार्तिक २०८३, आइतबार

ओलीलाई मधेशीले बदला लिन्छन् : राजेन्द्र महतो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahato

जनकपुरधाम, १ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको अपमान हुने गरी अभिव्यक्ति दिनेलाई मधेशी जनताले बदला लिने बताउनुभएको छ ।

आन्दोलनको क्रममा मृत्यु भएका राजाराम झाप्रति बुधबार जनकपुर अञ्चल अस्पतालमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष महतोले एमाले अध्यक्ष केपी शर्माप्रति संकेत गर्दै बदलाका लागि तयार रहन चेतावनी दिनुभयो ।

श्रद्धान्जली सभामा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सहमतिबाट जनताको अपेक्षाअनुसारको संविधान आउनुपर्ने माग गर्नुभयो ।

पहिचान र सङ्घीयतासहितको गणतन्त्रात्मक संविधान जबसम्म बन्दैन तबसम्म हाम्रो आन्दोलन जारी नै रहनेछन् अध्यक्ष दाहालले भन्नुभयो– जनयुद्ध, मधेस आन्दोलन तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भएको सम्झौताबाट अहिले, काँग्रेस र एमाले पछाडि हट्न खोजेको छ ।

झाको सोमबार आन्दोलनको क्रममा जनकपुरको भ्रमरपुरा चौकमा मृत्यु भएको थियो । मृत्युपश्चात् आन्दोलनकारीले झाको शवलाई जनकपुर अञ्चल अस्पतालमा राखी आन्दोलन गर्दै आएका थिए । प्रशासन र आन्दोलनकारीबीच मङ्गलबार भएको छबुँदे सहमतिपश्चात् मङ्गलबार राति शव परीक्षण गरियो । बुधबार दिउँसो शवलाई नगरपरिक्रमा गरी स्थानीय स्वर्गद्वारीमा दाहसंस्कार गरियो । सोमबारदेखि तनावग्रस्त रहेको जनकपुर आजबाट सामान्य हुँदै गएको छ भने जनकपुरबजार पनि खुलेका छन् ।