३० आश्विन २०८३, शुक्रबार

नेपाली युवाहरुलाई उद्यमशील बनाउन अमेरिकी दूतावासको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Boot-camp

काठमाडौं, ३० पुस । देशभरका ३२ जना नेपाली युवाहरुलाई उद्यमशील बनाउन अमेरिकी दूतावासले सहयोग गर्ने भएको छ ।

नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा नेपालस्थित अमेरिकी दूतावासले युवाहरुका लागि तीन दिने विशेष कार्यशालाको आयोजना समेत गर्दैछ । इन्टरप्रियनरशीप बुट क्याम्प नाम दिइएको यस अभियान आगामी फागुन १४, १५ र १६ गते काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुनेछ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा युवा उद्यमी मञ्चका प्रेस संयोजक सुदर्शन बस्नेतले बुट क्याम्पमा छनौट भएका युवालाई उद्यमशीलताको लागि यथाशक्य सहयोग गरिने बताउनुभयो ।

मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठले उद्यमशीलताको विकासका नेपालमै पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताउँदै यो कार्यक्रम वार्षिक दुईवटा गरिने जानकारी दिनुभयो । अमेरिकी दूतावासका प्रतिनिधि टड युङ्गेनबर्गले नयाँ सोच भएका युवालाई उद्यमशीलतामा ल्याउने कार्यक्रमले उत्साहित बनाएको बताउनुभयो ।

यो बुट क्याम्पमा देशैभरबाट खुला प्रतिस्पर्धामार्फत ३२ जना युवायुवतीको छनोट गरी उनीहरुको व्यावसायिक सोचलाई मुर्त रुप दिन विभिन्न विषयमा तालिम दिइने छ । उनीहरुलाई कसरी व्यवसाय सुरु गर्ने, व्यावसायिक योजना बनाउने जस्ता विषयमा देशका सफल उद्यमी व्यवसायीबाट प्रशिक्षण दिने तथा उनीहरु को समन्वयमा सहभागीलाई नै पूर्ण व्यावसायिक योजना बनाउन लगाइने छ ।

तीन दिन सम्म आवासीय बुट क्याम्पमा तयार पारिएको व्यावसायिक योजनालाई स्वतन्त्र निर्णायक मण्डलमा प्रस्तुत गरी उत्कृष्ट योजना बनाउने एक जना सहभागीलाई नेपाली युवा उद्यमी मञ्चले बनाउन लागेको इन्क्युवेशन सेन्टर र एक्सिलेटर प्रोग्राममा सहभागी गराइने छ ।