नर्थ क्यारोलिना । अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका गायक प्रदीप घिमिरेले अनिता नामक ‘म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
हालसालै मात्र स्थापित अग्नि बैण्डका मुख्य गायक घिमिरेले आफ्नो दोस्रो कोशेली स्वरूप नेपाली गीतको म्युजिक भिडियो प्रस्तुत गरेका हुन् । आफ्नै जीवन संगिनी अनिताको माया, प्रेम र गुनासालाई उनले सांगीतिक शब्दमा बर्णन गरेका छन् ।
म्युजिक भिडियोमा नेपाली सांगीतिक आकाशका लोकप्रिय गायक हिमाल सागर र सिमोना सुबेदी फिचरिङ गरिएको छ । सीमा भुर्तेल, सुसन कोइराला, संजय तामाङ र अमिर मगरको समेत अभिनय रहेको छ ।
काठमाडौं, ललितपुर र अमेरिकामा छायांकन गरिएको गीतको रचना डा अनुप श्रीवास्तवले गरेका हुन् । संगीत र निर्देशन राहुल प्रधानले गरेका छन् ।
https://www.youtube.com/watch?v=9SQ-do_AFMY















प्रतिक्रिया