
काठमाडौँ, ३० पुस । प्रधानमन्त्री सुशील कोइरालाले जसरी पनि संविधान ल्याएरै छाड्ने दाबी गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहनु भएका राष्ट्र संघका राजनीतिक मामिलासम्वन्धी उपमहासचिव जेफ्रि फेल्टम्यानसँगको भेटमा उहाँले बुधबार यस्तो बताउनु भएको हो । ‘हामी संविधान निर्माणको विषयलाई टुंगोमा पु¥याउन चाहान्छौ,’ ‘प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘यस पटक निर्धारित समयमै संविधान ल्याउँछौँ ।’
प्रधानमन्त्री कोइरालाले नेपाली जनताले आन्दोलन, बन्द, हड्ताललगायतका दबाब नचाहेको भन्दै मुलुकले अशान्ति, अस्थिरता र आन्दोलन धान्न नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्र संघ पनि नेपालमा शान्ति, लोकतन्त्र, स्थायित्व र विकास प्रकृयामा लामोसमयदेखि अभिन्न रुपमा जोडिदै आएकोले यसले नेपाली जनताको चाहना र समयको आवश्यकतालाई राम्रोसँग बुझेको बताउनुभयो ।
भेटका अवसरमा राष्ट्रसंघीय उपमहासचिव फेल्टम्यानले राष्ट्र संघका महासचिव बान की मुन नेपालको संविधान निर्माणप्रति निकै आशावादी रहेको पनि बताउनुभएको थियो ।















प्रतिक्रिया