२ कार्तिक २०८३, सोमबार

एनआईसी एशियाको युनियन लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । एनआईसी एशिया बैंक लिमिटेडले युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार एनआईसी एशियाका ग्राहकले युनियन लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने भएका छन् । आफ्ना २ सय ३३ ओटै शाखाबाट सो सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया बैंकका हाल २ सय ३३ शाखा कार्यालय, २ सय २२ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।