१ कार्तिक २०८३, आइतबार

ऋण तिर्ने सपना बोकेर लेवनान गएकी मन्दरा यातनासँगै कैद भोगेर फर्किइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahila

भीमदत्तनगर, ३० पुस । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाकी एक युवती विदेशमा यातना र कैद सजाय भोगेर घर फर्किएकी छिन् ।

घरपरिवारको ऋण तिर्ने र घरजग्गा जोड्ने सपना बुनेर झण्डै अठार महिनाअघि दुवई हुँदै लेवनान पुगेकी पुनर्वास–१ बीचफाँटाकी मन्दरा राना क्षेत्रीले त्यसको साटो अकल्पनीय यातना र कैद यथार्थमा भोग्नुप¥यो ।

लेवनानको एक घरमा कामदारको रुपमा करिब डेढ वर्ष काम गरेकी २३ वर्षीया मन्दराले मालिकबाट शारीरिक यातनासँगै चोरीको आरोपमा चार महिना जेल सजायसमेत भोग्नुपरेको दुखेसो पोखिन् ।

‘चार÷पाँच महिना घरमालिकले राम्रै व्यवहार गरे । त्यसपछि अनेकन बहानामा दुवैले कुटपिट गर्न थाल’ मन्दराले महेन्द्रनगरमा सञ्चारकर्मीसँग भनिन्, ‘घर जान्छु भन्दा पैसा पनि दिएनन् । राम्ररी खान पनि दिएनन् ।’

अवैधरुपमा २०६९ चैत १७ गते लेवनान पुगेकी मन्दराले अन्तमा घरमालिकले चोरीको आरोपमा आफूलाई प्रहरीमा बुझाएको बताउनुभयो । ‘चार महिना जेलमा बसेपछि एकाएक प्रहरीले एयरपोर्ट पु¥यायो’, उहाँले भन्नुभयो, ‘त्यहाँबाट सोझै काठमाडाँँै ओर्लिएँ ।’

यसबीचमा एक जना नेपालीले मन्दराका श्रीमान् प्रेमबहादुर राना क्षेत्रीलाई उनी जेलमा रहेको खबर पु¥याउन सहयोग गरेको उहाँको भनाइ छ । प्रेम पनि वैदेशिक रोजगारीको सिलसिलामा युएइमा छन् ।

एक छोरीकी आमा मन्दराले पुनर्वास–८ ‘घ’ गाउँकी दलाल इन्द्रा श्रेष्ठले राम्रो कमाइ हुन्छ भन्दै लेवनान पठाएको जानकारी दिनुभयो ।

पाँच कक्षासम्म मात्र पढेकी मन्दराले लेवनानमा नेपालीलाई रोजगारका लागि अनुमती नभएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

मन्दराकी भाउजु तुलसीका अनुसार एजेन्ट इन्द्राका बुबाले प्रहरीमा नजान भन्दै घरमा आएर आर्थिक प्रलोभन दिने गरेका छन् । “इन्द्रा के चाहिन्छ ? के कति लिने हो, मिलाउ भन्छिन्” तुलसीले थपिन् । रासस