
पाल्पा, ३० पुस । सडकमा सँगसँगै आन्दोलन गरिरहेका एमाओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले आत्मसमर्पणवादी भएको आरोप लगाउनु भएको छ ।
पार्टी प्रशिक्षणका क्रममा पाल्पामा रहनु भएका बादलले पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । उहाँले नेत्रविक्रम चन्द विप्लवहरूले हतारमा क्रान्ति गर्ने ध्येय राखेर पार्टी विभाजन गरेको समेत आरोप लगाउनुभयो । ‘प्रचण्ड र बाबुराम भट्टराईहरु आत्मसमर्पणवादी भएकाले उहाँहरुबाट हामी अलग भयौँ,’ उहाँले भन्नुभयो, ‘विप्लवहरु हतारमा क्रान्ति गर्ने भएकाले हामीबाट अलग भए ।’
बादलले माघ ८ पछि जनताका लागि निर्णायक जनआन्दोलन गर्ने र त्यसको नेतृत्व नेकपा–माओवादीले गर्ने पनि उद्घोष गर्नुभयो । जनतालाई झुक्याउन निर्माण गरिएको संविधानसभाको कुनै औचित्य नभएको उहाँको भनाई थियो । मुलुकको राजनीतिक समस्या समाधान गर्न सर्वपक्षीय राजनीतिक सभाबाहेक अर्को विकल्प नभएको पनि उहाँले दाबी गर्नुभयो ।















प्रतिक्रिया