
काठमाडौँ, ३० पुस । एमाओवादीसहित मधेसी मोर्चा संविधान निर्माण प्रक्रियालाई नै अबरुद्ध गर्दै सडक संघर्षमा जुटेपछि सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले गम्भीर छलफलमा जुटेका छन् ।
विपक्षी दलहरुले संविधानसभाको बैठक बहिष्कार गरेपछि नयाँ रणनीति तय गर्न बुधबार पनि सत्तारुढ दलको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ती दलको बैठकमा विपक्षीको व्यवहारले संविधानसभा र संविधान लेखन प्रतिको प्रतिवद्धताप्रति शंका उब्जिएको विश्लेषण गरिएको थियो ।
यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । दुबै दलका शीर्ष नेता सहभागी बैठकमा माओवादीको धम्की र घुर्कीका कारण संविधान लेखनलाई धरापामा पार्न नहुने र माघ ८ मा मस्यौदा मात्रै भए पनि जारी गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
बैठक चलिरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्री फेल्टम्यानसँग परामर्श समेत गर्नुभएको थियो ।















प्रतिक्रिया