१ कार्तिक २०८३, आइतबार

बन्दका नाममा गरिबका थाप्लोमा ऋण थोपार्दै दलहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

majdhur-ko aabasta

पथरी, ३० पुस । एमाओवादीसहित ३० दलीय मोर्चाले आह्वान गरेको बन्दले मोरङको ग्रामीण क्षेत्र सीतपुरका दलित बस्तीका मजदुरले ऋण काँडेर छाक टारेका छन् ।

विभिन्न राजनीतिक दलको नाममा तीन दिनयता आह्वान भएका बन्द हडतालले सो क्षेत्रका दलितलाई दैनिक छाक टार्न ऋण गर्नु परेको स्थानीय जगदीश सरदारले बताउनुभयो ।

ढुवानीको रुपमा काम गर्दै आएका जगदीश सरदारका अनुसार बन्दले गर्दा छाक टार्नकै लागि सो गाउँमा बसोवास गर्ने ७५ परिवार दलितले तीनदिन साहुसँगै ऋण गरेर छाक टार्नु प¥यो ।

सरदारले तीन दिनको बन्दमा प्रतिपरिवार रु तीन हजारदेखि रु पाँच हजारका दरले ऋण परेको बताउनुभयो । सो बस्तीका सबै सरदार समुदायका सर्वसाधारणको दिनचर्या मजदुरीमै बित्ने गर्छ ।

उनीहरू दिनभरि मजदुरी गर्ने र बेलुका भएपछि किनमेल गरेर ल्याएर पकाउने गर्दछन् । तर बन्द भएपछि उनीहरू जसको काम गर्दै आएका छन् । उनीहरूसँग काम गरेर असुल गर्ने शर्तमा ऋण काँडेर ल्याएर बालबालिकालाई भरणपोषण गर्ने गरेको स्थानीय सुवास सरदार बताउनुहुन्छ ।

सो बस्तीमा धेरैजसो दैनिक ज्यालादारीमा काम गर्नेको बाहुल्यता छ । बन्दमा कामै नहुने भएपछि ऋण काँडेर खाँदै बस्दै गर्नुको उपाय नभएको सो क्षेत्रका बासिन्दाको भनाइ छ ।

सो क्षेत्रमा ढुङ्गा, गिट्टी, इँटाभट्टा, आरामिल, उखुखेती, भारी बोक्नेलगायतका क्षेत्रमा काम गर्ने मजदुर बस्ने गरेका छन् । रासस