
काठमाडौं, १३ साउन । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
कम्पनीको २५ लाख कित्ता साधारण शेयर स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमालाई प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक भरत वहादुर पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागी १५ लाख कित्ता गरी जम्मा २५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।















प्रतिक्रिया