२१ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरी निरीक्षकको अल्पकालिन आधारभूत तालिम सञ्चालन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सञ्चालन भएको छ ।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले आईतबार एक समारोहकाबीच उक्त तालिमको उद्घाटन गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा यस्ता तालिमले कर्मठ, सक्षम र कूशल अधिकृत निर्माण गर्नुका साथै पेशागत दक्षता अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सशस्त्र प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि संगठनले यस्ता व्यावसायिक तालिमहरु संचालन गर्दै आईरहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले उपलब्ध स्रोत साधनहरुको अधिकतम प्रयोग गर्दै आवश्यकता अनुसार विभिन्न विषयमा विज्ञहरुद्वारा समेत प्रशिक्षण प्रदान गरिने चर्चा गरे ।

कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक तुलबहादुर भण्डारीले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गरेका थिए ।

उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।