
काठमाडौं, १३ साउन । लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय जिमि शाहलाई लागूऔषध नाईट्रोजेपाम ७६ ट्याब्लेट र १ सय मिलि लिटरको यप्भिप्लान १० थान सहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।
जनकपुरबाट काठमाडौं आएको ना.५ ख ६९४७ नम्बरको बसलाई चन्द्रागिरी नगरपालिका–२ स्थित जाँच गर्ने क्रममा बसमा सवार शाहले झोलामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया