१ कार्तिक २०८३, आइतबार

आशुतोष क्रसमान्डु नेसनल च्याम्पियन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् ।

अन्य प्रतिस्पर्धिहरुलाई पछि पार्दै उनले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् । प्रतियोगितामा फस्र्ट रनर अप सुजित ताम्राकार भएका छन् भने सेकेन्ड रनर अप सुवाश कटुवाल भएका छन् ।

नेसनल च्याम्पियनसिप विजेताहरु आगामी बर्ष भारत, श्रीलंका र नेपालमा हुने कन्टिनेन्टल कपमा सहभागी हुने अवसर पाउने आयोजकको भनाइ छ ।  नेसनल च्याम्पियनसिपका लागि ९ जना प्रतियोगी भिडेका थिए ।

पहिले नै यस्तै प्रतियोगितामा भाग लिइसकेका वा अन्य कुनै अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइसकेका प्रतियोगीहरु मात्र नेसनल च्याम्पियनसिपमा सहभागी हुन सक्ने प्रावधान थियो ।

त्यसैगरी नोभिस तर्फको विजेता सुशील थापा भएका छन् । प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र राजकुमार कार्की सेकेन्ड रनर अप भए ।

पहिले कुनै उपाधि हासिल नगरेका वा पहिलो पटक सहभागी भएकाहरु बीचमा यस प्रकारको बाइक रेसिङ प्रतियोगिता गराइएको थियो । यसलाई नोभिस क्याटागोरी नामाकरण गरिएको हो ।

विजेताहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सबै गरी २९ बाइक कुदाइएका थिए ।

विजयी प्रतियोगीहरुलाई काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचिदानन्द केसी र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपाने लगायतले पुरस्कार वितरण गरे ।