२१ कार्तिक २०८३, शनिबार

थारु कल्याणकारिणी सभाको २२ औं महाधिवेशन असोजमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ साउन । नेपालमा रहेका चौधरी, थारु जातिको माउ संस्था थारु कल्याणकारिणी सभाको २२ औं महाधिवेशन असोजमा हुने भएको छ ।

सभाको शनिबार अबेर रातिसम्म चलेको केन्द्रीय संचालन समितिको बैठकले २२ औं महाधिवेशन असोज ६, ७ र ८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

यसअघि कैलाली, बर्दिया, दाङ, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, उदयपुर, सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरुमा महाधिवेशन सम्पन्न भैसकेको छ । २२ औं महाधिवेशन चितवनमा आयोजना गर्न थाकस चितवन जिल्ला समितिले केन्द्रलाई अनुरोध गरेको थियो । केन्द्रिय समितिको अधिकाँश सदस्यहरु चितवनमा महाधिवेशन गर्न अनुरोध गरेका थिए । तर पनि अधिवेशन भने काठमाडौंमा नै हुने तय भएको हो ।

महाधिवेशन आयोजना गर्ने सम्बन्धमा चितवनको सभापति ललित चोधरी र पत्रकार कारी महतोले लिखित र समाजिक सन्जाल मार्फत बारम्बार अनुरोध गर्दै आएका छन् ।

यस्तै महाधिवेशन आउन जम्मा २ महिना पनि बाकी नरहदा अहिले सम्म विभिन्न उपसमिती समेत गठन गर्न सकेको छैन । जिल्ला अधिबेशन गर्न बाँकि रहेका जिल्लाहरुलाई भदौ १५ गते भित्र जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्नय बैठक ले गरेको छ ।

बिक्रम सम्बत २००५ सालमा थारु कल्याणकारीनि सभाको गठन भएको थियो ।