१ कार्तिक २०८३, आइतबार

पर्साको नगरदाहा गाविस कार्यालय आठ वर्षदेखि बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरिया, ३० पुस । पर्साको नगरदाहा गाविस कार्यालय आठ वर्षदेखि बन्द रहेको छ ।

स्थानीय राजनीतिक दलहरूको आपसी विवादका कारण विगत आठ वर्षदेखि कार्यालयमा लगाइएको ताला सहमति नहँदा अहिलेसम्म बन्द रहेको हो । तालाबन्दीका कारणले गाविसको कामकाज प्रभावित भएको छ ।

विसं २०६३ देखि नै गाविसमा राजनीतिक दलहरूबीच विवाद भएपछि गाविस कार्यालयमा ताला लागेको गाविस कार्यालयले जनाएको छ ।

तालाबन्दीका कारण जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्तालगायतका सिफारिस गर्न बाध्यता भएको गाविस सचिव श्रीनिवास साहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ताल्चा खोल्ने सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराए पनि अहिलेसम्म कुनै पहल भएको छैन ।”

स्थानीय विकास अधिकारी गुरु सुवेदीले यसबारेमा आफूलाई जानकारी नभएको भन्दै स्थानीयस्तरमा सर्वदलीय छलफल गरी समस्या समाधान गरिने बताउनुभयो ।