
भरतपुुर, चितवन, १२ साउन । पूर्वी चितवनको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले पाँच हजार रुपैयाँ घुस नपाएपछि शनिवार हुने भनिएको सार्वजनिक सुनुवाइ रोकेका छन् ।
सार्वजनिक सुनुवाइ गर्ने जिम्मेवारी पाएको संस्था प्रयास मिडियाले प्रमुख प्रशासकीय अधिकृतलाई घुस रकम दिन नमानेपछि उनले कार्यक्रम रोकेका हुन् ।
विभिन्न विकास निर्माण तथा नगरभित्र हुने कार्यक्रममा घुस नलिई काम गर्ने अधिकृत सुवेदीले सार्वजनिक सुनुवाइ गर्ने संस्था प्रयास मिडियाले गत चैत्र ९ गते शुक्रवार भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको घुस रकम नदिएपछि साउन १२ गते गर्ने भनिएको कार्यक्रम समय नभएको कारण देखाउदै उनले रोकेका हुन ।
दुईपटक एकै कार्यक्रमको भ्याट विल काट्दा एक पटकको प्रमुख प्रशासकीय अधिकृतले नै भ्याट रकम तिर्नुपर्ने प्रयास मिडियाले अडान लिएपछि उनले बिल फेला परेको भन्दै दुई महिना पछि रकम भुक्तानी दिएका थिए ।
कार्यक्रमको रकम मिलाउने जिम्मा अधिकृत सुवेदीले नगरपालिकाकै सूचना अधिकृत बलराम लुइटेललाई जिम्मा लगाएको बुझिएको छ । लामो समय तत्कालिन जिल्ला विकास समितिमा काम गरेर सो नगरपालिकामा गएका लुइटेलले जिल्ला विकास समितिमा पनि सार्वजनिक सुनुवाइको पाँच सात हजार लिने गरेको र यहाँ पनि पाउनुपर्ने बताएका थिए ।












प्रतिक्रिया