२१ कार्तिक २०८३, शनिबार

शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज गठन

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ साउन । अछामबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गरिरहेका राप्रपासँग आस्थावानहरुको भेलाले लोकेन्द्र बहादुर शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज गठन गरेको छ ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीको हलमा शनिबार आयोजित भेलाले समाजको उपाध्यक्षमा कृष्णराज उपाध्याय, सचिबमा मंगल बहादुर शाही, कोषाध्यक्षमा रमेश कुमार भूल, सहसचिबमा आदेश शाही तथा प्रवक्तामा रमेश अधिकारीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा कमल बहादुर शाही, अर्जुन शाही, निर्मला शाही, कमल विष्ट, विष्णु ढुंगाना, दिपेन्द्र शाही, तपेन्द्र शाही, लक्ष्मी शाही (क), जीवन थापा, लक्ष्मी शाही (ख) र महेन्द्र कुँवर चुनिएका छन् ।

भेलामा महामन्त्री तथा साँसद राजेन्द्र लिङ्देनले अछाम–काठमाडौं सम्पर्क समाजको गठनबाट पार्टी संगठनमा ठूलो टेवा पुगेको बताउँदै निष्ठावान भई निरन्तर संघर्ष गरेमा अवश्यक सफलता मिल्ने बताएउ । राप्रपाको एजेण्डा वजनदार भएकोले पार्टीको संगठनलाई विस्तार गर्दै गाउँगाउँमा, घरघरमा पार्टीले बोकेका विचारहरुलाई पुर्‍याउन सकेमा राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्न कुनै समस्या नहुने उनले स्पष्ट पारे ।

सम्बोधनकै क्रममा पार्टीका महामन्त्री धवल शम्शेर राणाले नवगठित अछाम–काठमाडौं सम्पर्क समाजले राप्रपाको अभियानलाई ठूलो सहयोग पुग्ने बताए । भेलालाई सम्बोधन गर्दै पार्टीका कावा महामन्त्री, सचिवालय प्रमुख तथा सम्पर्क समाज समन्वय विभाग प्रमुख भाष्कर भद्राले अछाम–काठमाडौं सम्पर्क समाजको गठनले पार्टीलाई हौसला प्रदान भएको भन्दै अन्य जिल्लाहरुको पनि सम्पर्क समाज चाँडै गठन हुने जानकारी प्राप्त भएको बताए ।