२१ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा कर वृद्धिको विरोध, दुई दर्जनभन्दा बढी संघसंस्था चरणबद्ध आन्दोलनमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १२ साउन । वीरगञ्ज महानगरपालिको कर वृिद्धको विरोधमा दुई दर्जनभन्दा बढी संघसंस्था सड्कमा उत्रिने निर्णय गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ का लागि महानगरपालिकाले निर्धारण गरेको करको नयाँ दर जनताको विरोधमा रहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा विभिन्न संघसंस्था आन्दोलनमा उत्रीने निर्णय गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा शनिबार बसेको विभिन्न संघसंस्थाका पदाधिकारीको बैठकले महानगरपालिकाले दश गुनासम्म गरेको करको दर वृद्धिको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो ।

कर वृद्धिको विरोधमा आईतबारदेखि चरणबद्ध आन्दोलन गर्ने शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नयाँ करको दर जनताको पक्षमा नरहेको र विगतमा नेपाल सरकारले खारेज गरिसकेको चुङ्गीकरलाई ब्यूँताइ महगाइँ बढाउने काम मात्र गरेकाले बाध्यभएर आन्दोलन गर्नुपरेको छ ।

अध्यक्ष शर्माले वृद्धि गरिएको कर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।–रासस