२ कार्तिक २०८३, सोमबार

आईएमईका बिजेतालाई उपहार प्रदान

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ११ साउन । आईएमई लिमिटेडले विभिन्न योजनामा उपहार प्राप्त गरेका ग्राहकलाई उपहार प्रदान गरेको छ ।

विदेशबाट पठाएको रकम निकाल्ने क्रममा सर्लाही घर भई हाल भरतपुर बस्ने किमीकुमारी चौधरीलाई ४३ इञ्चको रंगीन टिभी उपहार परेको थियो । नयाँ वर्षको बहार आईएमईको उपहार योजना अन्तर्गत चौधरीले टिभी उपहार पाएकी हुन् । अमेरिकाबाट काकाले आईएमईमार्फत् रकम पठाएको र उनले सो रकम झिकेकी थिइन् ।

त्यसैगरी सोही योजना अन्तर्गत भरतपुरकी इशा चम्लागाई, पार्वतीपुरकी सन्तमाया कामी, बीरगञ्जका अनुरुध ठाकुर शर्मालाई डिस होम सेट उपहार परेको थियो । त्यस्तै पालुङकी राधिका तमाङलाई स्मार्ट फोन उपहार परेको थियो ।

उपहार प्राप्त गर्ने बिजेताहरुलाई आईएमई लिमिटेड नारायणी अञ्चल प्रमुख सुरज पौडेलले उपहार प्रदान गरेका थिए ।