
महोत्तरी, ११ साउन । महोत्तरी जिल्लाको शम्सी गाउँपालिका–१ बाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । साउन १० गते एपीएफ टोली र नेपाल प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतको सितामडी झिटकैया घर बताउने १८ वर्षिय जितेन्द्र कुमार यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट शम्सीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा पैदल हिडिरहेका यादवलाई विशेष सूचनाको आधारमा जाँच गर्दा उनको साथमा अवैध पेस्तोल १ थान, सो को म्याग्जीन १ वटा र ३ राउण्ड गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई बरामद हतियारसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।












प्रतिक्रिया