२१ कार्तिक २०८३, शनिबार

नगरपालिकाले वितरण गर्‍यो रुद्राक्षका बिरुवा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, ११ साउन । लमही नगरपालिकाले वडा नंं. ३ का स्थानीय तथा संघसंस्थालाई निःशुल्क रुपमा पाँच सय रुद्राक्षका बिरुवा वितरण गरेको छ ।

इलाका वन कार्यालय लमहीको सहयोगमा तथा लमही नगरपालिकाको आयोजनामा सो बिरुवा वितरण गरिएको वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिनुभयो ।

प्रत्येक घर परिवारलाई दुईवटा र शैक्षिक संघसंस्थालाई पाँच वटाका दरले बिरुवा वितरण गरेको पनि उहाँले जानकारी दिनुभयो । –रासस