४ कार्तिक २०८३, बुधबार

सलमानको फिल्म छाड्दै प्रेमीसँग प्रियंकाले बिहे गर्दै, इन्गेजमेन्ट भयो

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’मा गरेको अनुबन्धन लत्याउँदै अभिनेत्री प्रियंका चोपडाले १० वर्ष कान्छा प्रेमी अमेरिकन गायक निक जोनससँग बिहे गर्ने निधो गरेकी छन् ।

अमेरिकाको न्युयोर्कमा किनेको इन्गेजमेन्ट रिङ लगाएर प्रियंकाले निकसँगको बिहे निश्चित गरिन् । अक्टोबरमा बिहे हुने भएपछि उनले सलमानका फिल्म छाड्नु परेको हो ।

केही समयसम्म निकसँग रोमान्समा अलमलिएकी प्रियंकाले उनकी आमा मधुसँग निकको भेट गराइसकेकी छन् । प्रियंकाले अमेरिका हुँदै ब्राजिलसम्म निकसँग रोमान्समा समय विताएकी थिइन् ।