
चितवन, ११ साउन । रत्ननगर नगरपालिकाले गरेको कर बृद्धिप्रति नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आपत्ति जनाएको छ । रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलन गरी नगरसमितिले कर बृद्धिप्रति आपत्ति जनाएको हो ।
प्रकृया र पद्धती उछिनेर नगरपालिकाले आफ्नो ढंगले काम कारबाही अगाडी बढाएको भन्दै यस्तो एक पक्षीय पद्धती मान्य नहुने समेत बताएका छन् । नगर सभापति रुपनराज घिमीरेले जनताको चाहानालाई उपेक्षा गर्दै जनहित बिपरीत कर बढाएको भन्दै जनता ठाडो मारमा परेको बताए ।
करको दायरा बढाउने भनेको जनताले पाएको सेवाको आधारमा हुने भन्दै सेवा भन्दा कयौं गुणा बढी कर भएकोले जनताले यस्तो भार थेग्न नसक्ने बताए ।
शिक्षा , स्वास्थ्य ,कृषि लगाएत ब्यवसायीक क्षेत्र प्रति अनुदार हुदै असली कम्युनिस्टको चरीत्र देखाएको समेत घिमीरेले बताए ।
शिक्षा जस्तो संबेदनशिल क्षेत्रमा पनि राजनीति गर्न खोजेको भन्दै जनजनको हित बिपरीतको काम गर्न नदिने बताए । नगर समितिले नगरपालिकाले गरेको अलोकतान्त्रिक, अब्यवहारिक कृयाकलाप यथासक्य छिटो सच्चाउन माग गरेको छ ।












प्रतिक्रिया