१ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमालेबाट दुई नयाँ सभासद् मनोनयन, को-को भए सभासद् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagendra-kumar-kumal

काठमाडौँ, २९ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दुई मनोनीत संविधानसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

संविधासभाका अध्यक्षको कार्यकक्षमा आज अपराह्न आयोजित समारोहमा अध्यक्ष नेम्वाङले नेकपा एमालेबाट प्रा लालबाबुप्रसाद यादव र नेपाली काँग्रेसबाट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाललाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

मन्त्रिपरिष्दको पुस २४ गतेको बैठकले उहाँहरु दुवैलाई संविधानसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो । शपथ ग्रहण समारोहमा काँग्रेस र एमाले नेताका साथै दुवै दलका संसदीय दलका सचेतक उपस्थित हुनुहुन्थ्यो ।