२१ कार्तिक २०८३, शनिबार

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १० साउन ।  हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । 

विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिनुभयो ।

भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालतको आदेशअनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले जानकारी दिनुभयो ।–रासस