२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापतिद्वारा पूर्व प्रधानसेनापतिहरु एवं रथीहरुसँग अन्तर्क्रिया

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु एवं पूर्व रथीवृन्दसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन् । उपत्यका पृतना हेड क्वाटरमा बुधबार क्षत्रीले अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरुको साथै नेपाली सेनाका विविध गतिविधिहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रम नेपाली सेनामा नियमित रुपमा आयोजना गर्ने गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोेधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराउनु गराएका थिए ।

कार्यक्रममा सन् १९५८ देखि सन् १९८८ सम्म संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा खटिएका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरु सहभागी रहेका थिए ।

कार्यक्रमलाई समापन गर्दै बलाधिकृत रथी पूर्णचन्द्र थापाले सबै वक्तालको महत्वपूर्ण राय सुझावका लागि धन्यवाद ज्ञापन गरेका थिए ।