
-मिना बुढाथोकी
सल्यान, ९ साउन । सल्यान जिल्लाका उत्तरी दक्षिण क्षेत्रका विभिन्न स्थानमा मोबाइल टावरले काम नगर्दा समस्या भएको छ । पछिल्लो समयमा सञ्चार क्षेत्रले फड्को मार्दै गईरहेको समयमा मोबाइल टावरले काम नगर्दा डाँडाहरुमा उक्लिएर फोन गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।
अहिले छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय, दार्मा गाउँपालिकाको केन्द्र फारुला, कुमाख गाउँपालिका लगायतका विभिन्न ठाँउहरुमा मोबाइल टावरले काम नगर्दा सूचना प्रवाहमा समस्या भएको छ ।
मोबाइल टावरले काम नगर्दा आफन्तहरु सँग कुरा गर्नुका साथै अन्य दैनिक कामहरु सञ्चालन गर्न समस्या भएको छत्रेश्वरी गाउँपालिका ४ जयचौरकी निर्माला शर्माले बताईन् । यहाँ मोबाइल टावरले काम नगर्दा सेवा प्रवाहमा समस्या भएको छत्रेश्वरी गाउँपालिका ४ का वडा अध्यक्ष नेव बहादुर खड्काले बताए ।
‘यहाँ मोबाइल टावरले काम गर्दैन, वडा कार्यालयका सूचना नागरिक सम्म पु¥याउन समस्या छ । एकाशौँ शताब्दीका मानिसहरु नेटईन्टरनेट, फेसबुक, मेल–ईमेल, फ्याक्स आदीको पहुँचमा रहेर बिश्वलाई कोठामा नै बसेर हेरिरहेका छन्’, उनले भने, ‘तर पनि जिल्लाको जयचौर, फारुला सँगै उत्तरीपश्चिमी क्षेत्रमा टेलिफोन सेवा प्रभावकारी छैन ।’















प्रतिक्रिया