२१ कार्तिक २०८३, शनिबार

नेपालमै पहिलो पटक अहिंसात्मक सञ्चार सम्बन्धी गोष्ठी हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


–बिजय चालिसे ।
नवलपुर, ९ साउन । नवलपुरको कावासोतीमा अहिसांत्मक सञ्चार सम्बन्धी एक दिने राष्ट्रिय कार्याशाला गोष्ठी हुने भएको छ ।

कावासोतीको सिद्धार्थ आवासिय माध्यमिक विद्यालयको सभाहलमा साउन १२ गते गोष्ठीको आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । गोष्ठीमा देशभरका ५० भन्दा बढी युवाहरुको सहभागिता रहने बताइएको छ ।

देशमै पहिलो पटक आयोजना गर्न लागिएको उक्त गोष्ठीमा सञ्चारलाई कसरी हिंसारहित बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

एनभिसी प्राक्टिस ग्रुप नेपाल र क्रियटिभ युथ वल्र्डको आयोजना एंव सिएनभिसी अमेरिकाको सहकार्यमा सञ्चालन हुने सो कार्याशालाबाट युवाहरुलाई सकारात्मक सोचको विकास गर्दै हिसांरहित सञ्चारमा अभ्यस्त बनाउने आयोजकको उद्देश्य छ ।

हिंसारहित सञ्चारका अभियन्ता श्रीराम तिमिल्सिनाले व्याक्ति व्याक्तिबिचको सञ्चारमासमेत हिंसा हुनु हुदैन भन्ने आफूहरुको मान्यता रहेको बताए । कार्यक्रम मार्फत सकारात्मकतालाई प्रवद्र्धन गर्दै हिंसारहित सञ्चारलाई प्रभावकारी बनाईने उनको भनाई छ ।

अर्का अभियन्ता किरण भुर्तेलले नवलपुरमा यस्तो खालको कार्यक्रम हुनु गौरवको विषय भएको बताए । उनले कार्यक्रममार्फत राष्ट्रिय सञ्जालको निर्माण गर्दै देशव्यापी रुपमा अभियानको प्रचार गर्ने बताए ।

कार्यक्रममा सहभागि हुन ४५ जिल्लाका युवाहरुले आवेदन दिएको र कार्यशालाका लागि छनौट प्रक्रिया चलिरहेको सञ्चार संयोजक रमेश बस्ताकोटीले जानकारी दिए । बस्ताकोटीका अनुसार आवेदन दिएकाहरुलाई सिएनभिसी अमेरिकाले स्वतन्त्र रुपमा छनौट गर्नेछ ।

कार्याशालामा आउने सहभागिहरुलाई आवाससहित सबै व्यबस्था आयोजकले निःशुल्क उपलब्ध गराउने संयोजक बस्ताकोटीले जानकारी दिए ।