२१ कार्तिक २०८३, शनिबार

परिवार दलका अध्यक्ष ढकाल र भारतीय उपराष्ट्रपति नायडूबीच भेट

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ साउन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले भारतका उपराष्ट्रपति वेंकैया नायडूसंग शिष्टाचार भेट गरेका छन् ।

दिल्ली स्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल भारतको मैंत्री सम्बन्ध थप प्रगाड बनाउने बिषयमा कुराकानी भएको सहभागी परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उपराष्ट्रपति नायडूले भारत सधैं नेपालमा स्थिरता र विकास भएको देख्न चाहने बताउदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सफलताको सुभकामना दिए ।