२१ कार्तिक २०८३, शनिबार

संकट मोचन शिव पुराण महायज्ञ हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ साउन । भुवनेश्वरी मन्दिर परिसर बासुकी चौर बल्खुमा साउन ११ गते गुरु पूर्णिमा देखि २६ गतेसम्म संकट मोचन शिव पुराण महायज्ञ हुने भएको छ ।

संकट मोचन हनुमान मन्दिर सेवा समिति तथा विश्व हिन्दु महासंघ लगायतका धार्मिक एवं सामाजिक संघसंस्थाहरूको आयोजनामा महायज्ञ गर्न लागिएको आयोजकले जनाएको छ ।

महायज्ञमा पं. माधवानन्द महाराजबाट शिव महापुराणको वेदान्तीय कथा प्रवचन हुने भएको छ । १६ गतेदेखि दिनरात अखण्डरूपमा नौ जना बटुकबाट हवन हुने आयोजकले जानकाररी दिएको छ । महायज्ञमा ग्रहशान्ति, रुद्रीलगायतका अन्य आुनष्ठानिक कर्महरू पनि समावेश हुने भएको छ ।

नेपाल सरकारको गुरु योजनामासरकारी बजेटबाट संकट मोचन धामको निर्माणको केही भइसकेको अवस्था हाल निर्माण कार्य रोकिएको छ । निर्माणाधिन धामको निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले सो महायज्ञ गर्न लागिएको आयोजकको भनाई छ ।