२१ कार्तिक २०८३, शनिबार

पहिरोमा पुरिएर दार्चुलाका एक मजदूरको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ९ साउन । पहिरोमा पुरिएर दार्चुलामा बुधबार एकजना मजदूरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो ।

बुधबार बिहान साढे दुई बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो । मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला बाँजका मानसिंह विकको घर निर्माणको काम गरिरहेका प्रहरीले बताएको छ ।

सँगै सुतेका अन्य मजदूर भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृतक ओडको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । –रासस