नवलपुर, ९ साउन । नवलपुर जिल्लाको देवचुली नगरपालिको भित्री सडकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
देवचुली ११ प्रगतीचोक नजिकै भित्री सडक खण्डमा ना २७ प ९३१९ नम्बरको मोटरसाईकल र लु १ घ ६४८ नम्बरको अटो रिक्सा एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा सवार देवचुलीकै १२ वर्षीय पदम सोमै रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गम्भीर घाइते सोमैको उपचारका क्रममा चितवनको भरतपुरमा मृत्यु भएको हो । गम्भीर घाइते मोटरसाईकल चालक देवचुलीकै १७ वर्षीय खडकबहादुर लुङ्गेलीको उपचार भैरहेको छ । अटो रिक्सा र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया