२ कार्तिक २०८३, सोमबार

सिभिल बैंक र रिलायबल इन्स्योरेन्सबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाललाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाललाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

अब रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी बिभिन्न जीवन वीमाका योजनाहरु ल्याईएको रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बताए ।

सिभिल बैंकले यस अघिपनि जीवन वीमा कम्पनीहरु मेटलाइफ र एल.आई.सी. नेपाल तथा थुप्रै निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।